धरान : धरानमा नेपाल निजामती कर्मचारी युनियनको स्थानिय कार्य समिति गठन भएको छ ।

शुक्रवार धरानको प्रथम उपमहानगरपालिका स्तरीय भेलाले गठन गरेको समितिमा सभापतिमा हिरालाल विश्वकर्मा, (खुलातर्फ) उपाध्यक्षमा शुभनारायण वनेता, (समावेशीतर्फ) उपाध्यक्षमा सितादेवी मगर, सचिवमा विजय शाह, सहसचिवमा डम्बर कुमारी मगर र कोषाध्यक्षमा सगुन किरात चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा उमेश मेहता, उमेश राई, नगेन्द्र तामाङ, सीमा वि.क. र चन्द्रकला राई चयन भएका छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र नेपाली काँग्रेस धरानका सभापति श्याम प्रसाद पोख्रेलले अबिर, माला लगाएर बधाई सहित शुभकामना दिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई धरान वडा नं. १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रवीण), वडा नं. २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष सन्तोष लिम्बु र नेपाल निजामती कर्मचारी युनियन सुनसरीका सभापति निखिल पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए । नेपाल निजामती कर्मचारी युनियन काँग्रेस निकट शुभेच्छुक संस्था हो । कार्यक्रम उमेश राईको सभापतित्वमा सम्पन्न भएको हो ।