धरान : प्रधानमन्त्री एक दिने भ्रमणमा धरान आइपुगेका छन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रधानमन्त्री देउवा धरान आईपुगेका हुन् ।

धरान स्थापना दिवसको अवसरमा आयोजित धरान डे को उद्घाटन समारोहमा सहभागी हुन धरान आइपुगेका देउवाले प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम रहेको छ ।

त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

बसपार्क अवलोकन पश्चात् प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Heli Heli-1