धरान : सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेशमा समस्या भएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।

सङ्घीय सरकारले बनाउनुपर्ने कानुन निर्माण नगर्दा प्रदेश सरकार र संसद् प्रभावकारी हुन नसकेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित धरान दिवस २०७८ लाई सम्बोधन गर्दै उनले ध्यानाकर्षण गराएका हुन ।

आफ्नै निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले खोलानाला पीडित धराने जनताको समस्या बुझिदिन आग्रह गरे । त्यससँगै खानेपानी समस्या समाधान गर्न पनि अनुरोध गरे ।