धरान : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने बताएका छन् ।

धरान दिवस-२०७८ मा सहभागी हुन धरान आएका उनले प्रतिष्ठान सुधारमा लागिपर्ने बताए। प्रतिष्ठानका कुलपति समेत रहेका देउवाले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागिपर्ने बाचा गरे ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पुर्वान्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पिठको उल्लेख्य सुधारको पक्षमा आफू रहेको बताए । २ मिनेट मात्र सम्बोधन गरेका उनले धरान दिवसको शुभकामना दिएर मन्तव्य टुङ्गाएका थिए ।

प्रधानमन्त्री देउवाले आज धरानका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर दिउसो आयोजित धरान स्थापना दिवसको उद्घाटन गरेका थिए। बिहान नेपाली सेनाको हेलिकोप्टरमा धरान आइपुगेका देउवा काठमाडौँ फर्किसकेका छन् ।