धरान : धरान स्थापना दिवसको अवसरमा धरान होलिडेजले ३५ सयमा धरान फन फ्लाइट सुरु गरेको छ ।

यस भन्दा अघि ५ हजारमा गर्दै आएको धरान फन फ्लाइटमा पुस २०,२१ र २२ गते ३ दिन ३५ सय रुपैयाँमा धरानको आकाशमा सिम्रिक एयरको हेलिकोप्टरबाट घुम्न पाइने धरान होलिडेजका मार्केटिङ प्रमुख कविन श्रेष्ठले जानकारी दिए ।

धरान-१६ मा रहेको धरान रङ्गशालाबाट हुने धरान फन फ्लाइट विशेष गरेर तीन दिन दिउसो १२ बजे देखि हुनेछ भने बिहान ताप्लेजुङको पाथीभरा मन्दिरमा जाने दर्शानार्थीहरुका लागि फ्लाइट हुनेछ । पाथीभराका लागि पनि यस भन्दा अघि ३२ हजारमा उडान भर्दै आएकोमा यो धरान डे अवधिभर २८ हजारमा उडान भर्ने बताइएको छ ।

यसका लागि हेलिप्याडमै पुगेर पैसा तिरे पनि हुने नभए पब्लिक हाइस्कुलको खेलमैदानमा रहेको स्टलमा गएर बुकिङ गर्न सकिने धरान होलिडेजले जनाएको छ । आज पहिलो दिन धरान फन फ्लाइट ३ उडान भएका छन् ।

हेलिकोप्टरबाट लिईएका तस्बिरहरु :

Heli-short-1 Heli-short-2 Heli-short-4 Heli-short-7 Heli-short-8 Heli-short-6 Heli-short-9 Heli-short-5