विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३३३ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, झापा र सुनसरीमा २–२ जनामा सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा ८, झापाको दमक र कमल गाउँपालिकामा १–१, सुनसरीको धरान र भोक्राहानरसिंहमा १–१ जनामा सङ्क्रमण भएको हो ।

प्रदेश १ मा आज १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५ महिला र ७ पुरुष रहेको छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १३५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।