विराटनगर : आगामी माघ १२ हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा गठबन्धन दल र नेकपा एमालेले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय सभाको अन्य तर्फ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गोपाल बस्नेत (झापा) र एमालेका गुरु बराल ( मोरङ), महिलामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई ( भोजपुर) र एमालेबाट सुमित्रा भण्डारी ( झापा ) , अल्पसङ्ख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ ( भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश १ बाट फागुन २० गते ३ सदस्यको पद खालि हुदैछ । यसअघि ३ वटै सदस्य एमालेबाट निर्वाचित भएका थिए ।

एमालेका पर्शुराम मेघी गुरुङ, अगमसिंह बान्तवा र नैनकला ओझा निर्वाचित भएका थिए । राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सभाका ९२ र स्थानीय तहका २७२ मतदाता रहेका छन् ।