विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३५७ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १४, सुनसरीमा ३, झापामा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १४, सुनसरीको इटहरीमा २, धरानमा १, झापाको दमक र भद्रपुरमा १-१, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।