धरान : धरान उत्सव २०७८ को अवसरमा साइकल र्‍याली कार्यक्रम गरिएको छ ।

उत्सवको दोस्रो दिन बुधवार धरान उपमहानगरपालिका परिसरबाट साइकल र्‍याली कार्यक्रम गरिएको हो । १२१ औँ धरान उत्सवको अवसरमा उपमहानगरपालिका र सुनसरी साइकल सङ्घको समन्वयमा साइकल र्‍याली गरिएको हो ।

उपमहानगरपालिका परिसरबाट सुरु भएको साइकल र्‍याली दुर्गा चोक, बुद्ध चौक, रत्न चौक, बीपी क्याम्प गेट, शिव मार्ग, रमाइलो चौक, पुतली लाइन, भानुचौक, छाताचौक हुँदै नगरपालिकामा आएर टुङ्गिएको सुनसरी साइकल सङ्घका अध्यक्ष राजेन्द्र लिम्बुले जानकारी दिए ।

साइकल र्‍यालीमा धरानका राष्ट्रिय तथा साफ च्याम्पियनसिप खेलाडीहरू र उपमहानगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

मेयर तिलक राईले पर्यटन प्रवर्द्धनका लागि साइकल र्‍याली कार्यक्रमको आयोजना गरिएको बताए ।