विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सबै जातजाति मिलेर भाषा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । मातृभाषा हराउँदै गएको भन्दै उनले भाषा संरक्षणमा जोड दिएका हुन् ।

भाषा आयोगद्वारा घोषित प्रादेशिक भाषा मैथिली र लिम्बु सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरामा जोड दिएका हुन् । उनले पछिल्लो समय मातृभाषाको प्रयोग घट्दै गएको प्रति चिन्ता व्यक्त गरे । मातृभाषाको संरक्षण हुन नसके बिस्तारै हराएर जाने उनले बताए ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले पनि सबै जातजातिको भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए ।

विराटनगरका मैथिली र लिम्बु भाषिक संस्थाहरूको आयोजनामा भएको कार्यक्रम ध्रुव सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सामाजिक विकास मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।