विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७-७, इलाम र झापामा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, सुनसरीको इटहरीमा ४, धरानमा २ र इनरुवामा १, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।