धरान : कोशी राजमार्ग अन्तर्गत तरहराको पानीपियामा हिजो साँझ भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार हिजो साँझ सवा ७ बजे इटहरीबाट धरान तर्फ आउँदै गरेको को २७ प २१९ नम्बरको मोटरसाइकल र धरानबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८१९६ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सङ्खुवासभाको खादबारी-७ बस्ने २२ वर्षीय अवि राई र मोरङको सुन्दर हरैचा-५ बस्ने २७ वर्षीय सन्तोष राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालक इटहरी-४ का ४४ वर्षीय टिकाराम चौधरीलाई तरहरा प्रहरी चौकीले नियन्त्रण लिएको छ ।