विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा २-२ र उर्लाबारीमा १ जना, सुनसरीको इटहरीमा ३, धरान, वराहक्षेत्र र स्थानीय तह नखुलेका १-१, झापाको शिवसताक्षी र बिर्तामोडमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९ महिला र ७ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।