धरान : धरान-१४ विजयपुरको पिण्डेश्वर मन्दिर नजिकैबाट ठुलो मात्रामा प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी विजयपुरका प्रमुख असई बद्री दाहालको टोली र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले पिण्डेश्वर मन्दिर नजिकै पिण्डेश्वरी चौक बस्ने २१ वर्षीय पारुहाङ राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शुक्रवार बेलुका साढे ३ बजे राईको घरको कोठाबाट ट्रामाडोल ५ हजार ८ सय ९० ट्याब्लेट र इस्पास्पेन ५ हजार ५ सय ९० ट्याब्लेट प्रतिबन्धित औषधी फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायमाझीले जानकारी दिए ।

पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।