धरान : मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको वाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका १ का ४५ वर्षीय अशोक खवास रहेका छन् । आज बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भीर घाइते भएका खवासको उपचारको लागि नोबेल अस्पताल विराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।