धरान : मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–७ का २० वर्षीय सङ्ग्राम राई रहेका छन् । हिजो दिउसो २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाईट्राभेट १२० चक्की सहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।