विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा २०, उर्लाबारीमा २, रंगेली र धनपालथानमा १-१, सुनसरीको धरानमा ५, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १९२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।