झापा : झापाको मेचीनगर नगरपालिका-६ मेची भन्सार कार्यालयको गेट अगाडीबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुफा डाँडाका २६ वर्षीय राकेश तामाङ रहेका छन्। आज दिनको पौने ३ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५० ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।