धरान : इटहरीमा गए राति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गए राति साढे ९ बजे इटहरी-४ को डिभिएम बोर्डिङ स्कुल छेउको भित्री पक्की सडक खण्डमा पश्चिम बाट पूर्व तर्फ जाँदै गरेको मे १ प ५५९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा चालक इटहरी-६ बस्ने वर्ष २२ को रोशन सिलवाल गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउदा डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।