धरान : सरकारले राजनीतिक भेला लगायतका भिडभाडजन्य गतिविधि नगर्न आह्वान गरेको छ ।

आइतबार बसेको कोभिड-१९ व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सह-सचिव सुनिता नेपालले जानकारी दिइन् ।

कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको उनले बताए । गर्नै परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठकले अनुरोध गरेको उनको भनाई छ ।

यस्तै बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

यस्तै सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको हो ।

आइतबार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको हो ।

यस्तै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

यस्तै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । यस्तै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

CCMCC-1 CCMCC-2 CCMCC-3 CCMCC-4