धरान : झापाको मेचीनगर नगरपालिका–१० बाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बेलुका साढे ४ बजे विक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैयाँ सहित इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मेचीनगर–१० बस्ने ३२ वर्षीय विक्रम प्रसाईँ र मेचीनगर-९ बस्ने ४४ वर्षीय सञ्जय खडका रहेका छन् । पक्राउ परेका प्रसाईँ र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।