झापा :  झापाको बिर्तामोड-५ स्थित एक होटलमा एक व्यक्तिको शव फेला परेको छ ।

बिर्तामोड-५स्थित न्यु फ्रेण्डसीप होटलमा शिवसताक्षी नगरपालिका-७ का उत्तम कुमार कँडेल मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।

३४ वर्षीय कँडेल न्यु फ्रेण्डसिप होटलका कर्मचारी रहेको बिर्तामोड प्रहरीले जनाएको छ । भित्रबाट चुकुल लगाएको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । कँडेलको शव पोस्टमार्टम गर्न मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।