धरान : गोपाल कार्की सृर्जनसिल पत्रकारिता पुरस्कारबाट सुनसरीका दुई पत्रकार पुरस्कृत भएका छन् ।

इटहरीमा सोमबार सम्पन्न प्रेस चौतारी नेपाल सुनसरीको सातौँ जिल्ला अधिवेशनमा ब्लास्ट टाईम्स दैनिकका सम्पादक तथा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका किशोर कुमार कार्कीले बुबाको नाममा स्थापना गरेको गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कारबाट प्रदीप मेन्याङ्बो र गोपाल कार्की उदीयमान पत्रकारिता पुरस्कारबाट कृष्ण बहाव पुरस्कृत भएका हुन् ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन प्रमुख भानुभक्त ढकालले पुरस्कार प्रदान गरेका थिए ।