विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना सङ्क्रमण भएको छ।

३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ५१, कानेपोखरी, कटहरी र उर्लाबारीमा १-१, झापाको बिर्तामोडमा ९, भद्रपुर र कमल गाउँपालिकामा ४-४, अर्जुनधारा र मेचीनगरमा ३-३, दमक, कनकाई र बुद्धशान्तिमा १-१, सुनसरीको इटहरी र धनकुटाको महालक्ष्मीमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ३०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।