धरान : प्रेस चौतारी नेपाल सुनसरीको सातौँ अधिवेशन सुभद्रा प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।

सोमबार इटहरीमा भएको अधिवेशनले उपाध्यक्षमा विकास चाम्लिङ र विमला कश्यप, सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्तवालाई चयन चयन गरेको छ ।

यस्तै, कोषाध्यक्षमा कृष्ण बहाव चयन भएका छन् । २५ सदस्यीय समितिमा पाँच सदस्य प्रदेश प्रतिनिधि समेत चयन भएका छन्।