चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ८ सालवनीमा  पृथ्वी जयन्ती मनाइएको छ । 

स्थानीयवासीको नेतृत्वमा सालवनीको स्वामी गाछिमा राष्ट्र एकीकरणकर्ता , राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औँ जन्म जयन्तीको दिनमा आज पृथ्वी जयन्ती मनाइएको हो ।

स्थानीय अगुवा प्राथमप्रताव राणाको सभाध्यक्षयतामा सम्पन्न कार्यक्रममा स्थानीयहरुले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण तथा पृथ्वी नारायण साहको योगदानको चर्चा गरेका थिए ।

स्थानीय समाजसेवी रामप्रताव बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा स्थानीय चिल्डे्रन हाट एकेडेमीमा प्राचार्य रोनि विष्टले पृथ्वीनारायण शाहले राष्ट्रलाई पुर्‍याएको योगदानको चर्चा जति गरे पनि अपुरो रहने बताए ।

उनले आफ्नो विद्यालयमा पृथ्वीनारायण साहको तस्बिर राखेर बिद्यार्थीहरुमाझ पृथ्वीनारायणलाई जवित बनाउन खोजेको बताए । कार्यक्रममा स्थानीय समाजसेवी रोशन खड्का , रामकुमार राई , बाबुराम ठकुरी लगायतको उपस्थित रहेको थियो ।

पृथ्वीनारायण शाहको योगदानको स्मरण  जयन्ती मनाइएको स्थानीय भुवन शाहीले बताए । देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुङ्गाबिचको तरुल हो, जाई कटक नगर्नु झिकिकट्क गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको  सहभागीहरूले बताए ।

यस वर्ष ३०० औँ पृथ्वी जयन्ती दिन विशेष सालबनीमा पहिलो पटक कार्यक्रमको आयोजना गरिएको शाहीले बताए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले पृथ्वीनारायणलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपाल एकीकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । 

पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकीकरण गरेर वृहत् नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने माग भएकाले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक  प्राथमप्रताव राणाले बताए ।