धरान : मोरङको धनपालथान गाउँपालिका-२ बाट धरानका दुई युवा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बेलुकी सवा ३ बजे धनपालथान-२ बरियाती टोलका ४० वर्षीय वसन्त पासवान, सुनसरी धरान-१६ का ३६ वर्षीय रविन राई र २९ वर्षीय वचन राईलाई प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

उनीहरूबाट अवैध गाँजा ३ केजी १ सय ५ ग्राम, नगद २० हजार ५ सय रुपैयाँ र प्रदेश १-०२०-०४५ प २६९९ नम्बरको मोटरसाइकल बरामद भएको थियो ।

अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।