धरान : सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-१ बुम्रेका ४५ वर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

वाङदी शेर्पाले गए राती पौने १२ बजे सोही स्थानका ५२ वर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटी गई वाङदी शेर्पालाई नियन्त्रणमा लिइएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।