धरान : सुनसरीको वराहक्षेत्र नगरपालिका–६ बाट गाँजा र साइकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वराहक्षेत्र-३ का २८ वर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका-१ का ३२ वर्षीय नबहाङ किराँती राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आरटी टोलीले गए राती चेक जाँचको क्रममा उनीहरूबाट ६ केजी गाँजा र २ वटा साइकल सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।