धरान : ताप्लेजुङको मेरिङदिन गाउँपालिका-३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा मेरिङदिन गाउँपालिका-१ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सह-चालक घाइते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।