काठमाडौं/ लोक सेवा आयोगका परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ । विहीबार लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै कोरोना महामारीका कारण स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हो ।

सार्वजनिक तालिका अनुसार उपसचिव वा सो सरह (अप्राविधिक÷प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुनेछन् ।

स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने आयोगले जनाएको छ । आयोगले सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरेर परीक्षा सञ्चालन गर्न लागेको हो ।