चतरा : महामानव वीपी कोइरालाको नाममा स्थापना भएको वी.पी. चिन्तन प्रतिष्ठान वराहक्षेत्रको अध्यक्षमा चक्रघट्टिका लोमनाथ दाहाल ( लोमश ) चयन भएका छन् । दाहाल नेपाल विद्यार्थी सङ्घका नेता हुन् ।

वीपीको योगदान र कृतिको बारेमा आम जनमाझमा पुर्याउने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले शनिवार दाहाललाई नगर अध्यक्षमा चयन गरेको हो । 

दाहाललाई प्रतिष्ठानका सुनसरी अध्यक्ष डा. आनन्दप्रसाद आचार्यले मनोनयन पत्र हस्तान्तरण गरेका छन् । जिल्ला अध्यक्ष डा. आचार्यका अनुसार प्रतिष्ठानको विधान अनुसार दाहाललाई वराहक्षेत्र अध्यक्षमा चयन गरिएको हो  ।