धरान : मोरङको कानेपोखरी गाउँपालिका-५ बाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका-७ का ३३ वर्षीय रूपक श्रेष्ठ, २६ वर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका-९ का २८ वर्षीय रामदेव चौधरी र  कानेपोखरी गाउँपालिका-५ का २१ वर्षीय रवि चौधरी रहेका छन् ।

हिजो शनिवार प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।