धरान : ताप्लेजुङको फुङलिङ नगरपालिका-५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ का ४८ वर्षीय सूर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । 

आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।