इटहरी : इटहरी उपमहानगरपालिकाका दुई वटा वाल विकास केन्द्रका ८४ जना बालबालिकालाई इटहरी उपमहानगरपालिकाद्धारा नयाँ कपडा वितरण गरिएको छ ।

लोकतान्त्रिक वाल विकास इटहरी-१७ र सृजनशील वाल विकास इटहरी-१६ का बालबालिकालाई उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले नयाँ कपडा वितरण गरेकी हुन् । सरस्वती पूजाको अवसर पारेर कपडा वितरण गरिएको हो ।

पर्वका वेला बालबालिका नयाँ लुगा लगाउन चाहन्छन्  विपन्न परिवारका बालबालिकाको रहर उपमहानगरपालिकाले पूरा गरेको उपप्रमुख गौतमले बताइन् ।