धरान : सुनसरीको कोशी गाउँपालिका-६ स्थित पूर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना हुँदा स्कारपियोमा सवार १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-५ बस्ने ५० वर्षीय दिलीप मण्डल रहेका छन् भने घाइते हुनेहरूमा कंकालिनी नगरपालिका-५ कै  ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय राम कुमार रजक, ४८ बर्षीया राम कुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी रहेका छन् ।

घाईतेहरुको जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचार भई रहेको छ । गए राती ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकी राखेको BR-01-GA- 4483 नम्बरको भारतीय ट्रकमा ठक्कर खाई अनियन्त्रित हुँदा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत स्कारपियो ठक्कर खाई दुर्घटना भएको थियो।

दुर्घटनामा संलग्न तिनवटै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।