झापा : झापाको गौरादहमा ट्रकले किच्दा एक महिलाको मृत्यु भएको छ । गौरादह नगरपालिका-१ गुरुङ चौकमा भएको दुर्घटनामा शिवसताक्षी नगरपालिका-१ बस्ने ५३ वर्षीय हिमा देवी दाहालको मृत्यु भएको हो।

गौरादह पाडाजुंङ्गी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलमा सवार मृतक महिला बाटोमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१ख २६९८ नं को धान बोकेको ट्रकले किच्दा घटनास्थलमा नै महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक मृतक महिला का श्रीमान् ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल रहेको बताइएको छ। दुर्घटना गराउने ट्रक बाटो छेउमा पल्टेको थियो ।

ट्रक र ट्रक चालक गौरादह-१ का ३६ वर्षीय सन्तोष अधिकारी मोटरसाइकल र मोटरसाइकल चालक भने इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रण मा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।