धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना सङ्क्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, सङ्खुवासभा र खोटाङमा २-२, तेह्रथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १-१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १५, सुन्दरहरैचामा ६, बुढीगंगामा ४, उर्लाबारीमा ३, रङ्गेली र बेलबारीमा २-२, रतुवामाई, ग्रामथान, कानेपोखरी र लेटाङमा १-१, सुनसरीको धरान र इटहरीमा ९-९, बराहक्षेत्रमा ४, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १-१, झापाको भद्रपुरमा ६, दमकमा ५, बिर्तामोड र हल्दिबारीमा ३-३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कनकाई र कमल गाउँपालिकामा १-१, सङ्खुवासभाको धर्मदेवी र चैनपुरमा १-१, खोटाङको जन्तेढुङ्गा र बराहपोखरीमा १-१, तेह्रथुमको आठराई, इलामको देउमाई, पाँचथरको फालेलुङ, उदयपुरको बेलका र धनकुटाको धनकुटा नगरपालिकामा १-१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २२२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९६ महिला र १२६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २०६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।