धरान : धरानमा आगामी निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले नेपाल शिक्षक सङ्घ धरान नगर समितिसँग बृहत् छलफल गरेको छ ।

नगर सचिव जितेन्द्र राईका अनुसार बिहीबार धरान वडा नं. २ स्थित पार्टी कार्यालयमा काँग्रेस धरान नगर समितिको संयोजनमा वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन लक्षित विषयवस्तु उपर नेपाल शिक्षक सङ्घबिच बृहत् छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोख्रेल, नेपाल शिक्षक सङ्घ नगर सभापति आसबहादुर राई, सुनसरी क्षेत्र नं. १ (१) का सभापति अनिल श्रेष्ठ र १ (२) का सभापति मुरारी भट्टराई लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

छलफलमा नेपाल शिक्षक सङ्घले निर्वाचनमा सहिढंगबाट मतदान कसरी गराउने ? भन्ने विषयमा प्रशिक्षण कार्यक्रम राख्न पार्टीलाई आग्रह गरेका थिए । साथै, उनीहरूले आगामी निर्वाचनमा सङ्घको अहम् भूमिका रहने बताउँदै नेपाल शिक्षक सङ्घलाई सङ्गठनको दायरामा ल्याउन पनि माग राखेका थिए ।