धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । 

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार आज बिहान ५ बजे उदयपुरको त्रियुगा नगरपालिका-१० का ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । 

पहिले देखिनै दीर्घ रोगी रहेका उनलाई माघ २१ गते कोरोना सङ्क्रमण भएको थियो । सोही दिन प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए । उनले कोरोना विरुद्धको खोप लगाई सकेको बताइएको छ । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।