धरान : झापाको कमल गाउँपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा शिवशताक्षी-८ का ४१ वर्षीय नर बहादुर गहतराज रहेका छन् । हिजो बेलुका पूर्व तर्फ जाँदै गरेको मे १ च ११६७ नम्बरको बोलेरोले विपरीत दिशा तर्फ आउँदै गरेको मे.६प २७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाइफ लाइन अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बोलेरो र चालक मोरङ रंगेलीका दीपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।