धरान : सुनसरीको धरान उपमहानगरपालिका-१६ बाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान-१६ का २४ वर्षीय प्रवीण भुजेल रहेका छन् । हिजो बेलुकी साढे ५ बजे सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले विशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । 

प्रतिबन्धित लागुऔषध ब्राउन सहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।