विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना सङ्क्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १३, झापामा १२, धनकुटामा ३, तेहृथुम र उदयपुरमा २–२, इलाम, ताप्लेजुङ र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा ४, बेलबारी र कानेपोखरीमा ३-३, रतुवामाई र रंगेलीमा १-१, सुनसरीको इटहरीमा ६, धरानमा ३, रामधुनी, दुहबी, देवानगञ्ज र स्थानीय तह नखुलेका १-१, झापाको बिर्तामोड र दमकमा २-२, भद्रपुर, बाहृदशी, हाल्दिबारी, कनकाई, गौरीगञ्ज, बुद्धशान्ति, शिवसताक्षी र झापा गाउँपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिका, छथरजोरपाटी र पाख्रिबासमा १-१, तेहृथुमको फेदाप र आठराईमा १-१, उदयपुरको त्रियुगामा २, इलामको इलाम नगरपालिका, ताप्लेजुङको श्रीजंगा र सङ्खुवासभाको खाँदबारीमा १-१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३५ महिला र १४९ पुरुष सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९८६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।