झापा : झापा मेचीनगर  नगरपालिका-१४ दुहागडीमा रहेको  मगमग चाउचाउ कारखानामा  डेढ घण्टा अघिदेखि आगलागी भइरहेको छ।

बिहान ५ बजेदेखि लागेको आगो निभाउन अहिले १२ वटा दमकलले प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि सेना समेत परिचालन गरिएको छ । 

आगो नियन्त्रणमा आउने कुनै लक्षण देखिएको छैन । आगो नियन्त्रणका लागि मोरङ, सुनसरी र इलामका दमकल जाँदै गरेको जनाइएको छ । यो झापाको एक मात्र चाउचाउ उद्योग हो ।

केही दिन अघि मेचीनगर-६ काँकडभिट्टाको एसएस फुटवेयरमा भएको भीषण आगलागीमा साढे आठ करोड बढीको क्षति भएको थियो।