धरान : मोरङको जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाइते भेटिएका साइकल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ३५ वर्षीय राजेश ऋषिदेव रहेका छन् । हिजो बेलुका पौने ७ बजे ऋषिदेव घाइते अवस्थामा रहेको जानकारी पाए लगत्तै सीमा प्रहरी चौकी पोखरियाबाट प्रहरी टोली खटी गई घाइतेलाई उद्धार गरी उपचारको लागी कोशी अस्पताल विराटनगर पठाइएको थियो ।

घाइते ऋषिदेवको उपचारको क्रममा पौने ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।