धरान : मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का २४ वर्षीय दीपक दर्नाललाई १ के.जी. गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । 

हिजो बेलुका पौने ७ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका-१० बगैँचा टोलबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो ।

पक्राउ परेका दर्नालको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।