विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना सङ्क्रमण भएको छ । 

२३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ११, सुन्दरहैचामा ३, सुनबर्षी, बेलबारी, कटहरी, बुढीगंगा, ग्रामथान र धनपालथानमा १-१, सुनसरीको इटहरीमा ८, धरान र इनरुवामा ३-३, गढी, दुहबी, वराहक्षेत्र र स्थानीय तह नखुलेका १-१, झापाको भद्रपुर, बाहृदशी, हाल्दिबारी र कचनकवलमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २ र इलामको इलाम नगरपालिकामा १ जनामा सङ्क्रमण देखिएको  मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ११९ महिला र १५७ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७५५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।