झापा : झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । 

झापाको शिवसताक्षी नगरपालिका-१ स्थित सडकको नालीमा डुबी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ वर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन् ।

शनिवार बिहान  साढे ९ बजे  घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबी रहेको अवस्थामा उनको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाइफ–लाइन अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनासमबन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ । 

यसै गरी झापाको मेचीनगर नगरपालिका-१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मान बहादुर बराइली रहेका छन् । शनिवार बेलुका ४ बजे  बराइलीले आफ्नै घरबाट बिजुलीको तार जडान गरी  खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए ।

उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको थियो । घटनाको सबन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी  कार्यालय धुलाबारीले  जनाएको छ ।