धरान : प्रेस चौतारी धरान उपमहानगर समितिको तेस्रो अधिवेशनले रोशन दाहालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा रमेश राई, मेरिना तुम्सा, सचिवमा सन्जोग बाबु दाहाल, सहसचिवमा सन्देश तिमिल्सिना, ललित राई, कोषाध्यक्ष देवीका चाम्लिङ, निर्वाचित भएका छन् । 

यसै गरी सदस्यहरूमा अरुण राई, मौसमी कार्की, स्नेह श्रेष्ठ, प्रतीक्षा विशुन्खे, आइतु माया तामाङ, अनुपा राई निर्वाचित भएका छन् ।

अधिवेशनको अवसरमा धरानका २ जना क्रियाशील पत्रकार हार्ट एफएमका रमेश राई र कृति टेलिभिजनकी मौसमी कार्कीलाई नगद ५ हजार र प्रशंसा पत्र सहित सम्मानित भएका छन् ।