धरान : नेपाली काँग्रेस धरान १७ बुथ कार्यालयको उद्घाटन भएको छ । 

बुथ कार्यालयको काँग्रेस प्रदेश एकका महामन्त्री उमेश थापाले उद्घाटन गरेको हो । 

महामन्त्री थापाले धरानमा काँग्रेसको सक्रियता बढेसँगै जनताको विश्वास बढ्दै गएको बताए । धरानमा काँग्रेसलाई मजबुत बनाउन सबै एकजुट भएर लाग्नुपर्ने महामन्त्री थापाको जोड थियो । 

यस्तै, काँग्रेस धरान ८ बुथ समितिको संयोजनमा अरुण टोल समिति गठन गरेको छ । विजय तामाङको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको काँग्रेस धरान नगर समितिका सचिव जितेन्द्र राईले बताए । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३२ जना नेपाली काँग्रेसमा प्रवेश गरेको पनि सचिव राईले जानकारी दिए ।

काँग्रेस धरान नगर समितिले फागुन मसान्तभित्र सबै वार्डको सबै टोलमा टोल समिति गठन गरिसक्ने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार अहिले टोल कमिटी विस्तार गर्ने अभियान जारी रहेको सचिव राईले बताए । 

टोल समिति कार्यक्रममा काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, सुनसरी क्षेत्र नं. १ (१) का अनिल श्रेष्ठ नगर सभापति श्याम पोख्रेल, नेता किशोर राई लगायतले सम्बोधन गरेका थिए । 

Congress-warda